धनगढी। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् । उनी कांग्रेस एमाले गठबन्धनकी उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन् ।
कांग्रेस एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी छन् । निर्वाचन आयोगका अनुसार माओवादीकी बुढाले ३ हजार ६२७ मत ल्याएर विजयी भएकी छन् । सत्ता गठबन्धनकी केशकुमारी तुलाचनले २ हजार १२८ मत पाएकी छन् ।













