• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धमाधम औल झर्दै भेडीगोठ

  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

बाजुरा । बाजुराको पूर्वी उत्तरमा पर्ने बुढीनन्दा, हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिकाका भेडीगोठ धमाधम औल झर्न थालेका छन् । मङ्सिरको पहिलो साता देखिनै यहाँको हिमाली भेगमा निकै चिसो बढेसँगै अहिले ती भेँडीगोठ बिस्तारै औल बेँसी झर्न थालेका हुन् ।

चिसोको समय भेडीगोठलाई औल सार्ने र गर्मीयाममा तातो बढेसँगै फेरि ती भेडीगोठ लेकमा सार्ने चलन छ । यहाँको पूर्वी क्षेत्रमा रहेका भेडापालक स्थानीयहरूको यो चलन पहिलेको पुस्ता देखि अहिलेसम्म उस्तै रहेको छ ।

चिसो समय यहाँका अधिकांश ठाउँमा हिमपात हुने गर्छ । भेडाबाख्राले खाने कुरा सबै हिउँले पुरिन्छ । यहाँ भेडालाई त्यतीबेला चरिचरन गर्न समस्या हुने भएपछि भेडीगोठ औल सार्ने गरेको बुढीनन्दा नगरपालिका स्थानीय प्रमीला गुरुङले बताइन् ।

उनले भनिन्, “हिउँदको महिना औल (बेँसी) तिर तातो हुने भएकोले यहाँका भेडीगोठलाई त्यहाँ चरिचरन गर्न सहज हुन्छ । चैत वैशाखको महिना त्यहाँ गर्मी हुने भएकोले त्यति बेला फेरि ती भेडीगोठलाई लेकमै फर्काउने गर्दछौँ ।”

पुस्ताले व्यवसाय तथा भेडापालन गर्नका लागि भेडीगोठलाई औल सार्ने गर्थे । उनीहरूले तल्लो क्षेत्रका बुढीङ्गगा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामका विभिन्न ठाउँमा लाने र त्यहाँका स्थानीयको गाउँ घरमा नुन तेल चामल बिक्री गर्ने गर्थे । अहिले ती सबै गाउँ बस्तीमा सडक पुगेपछि गाडी गुड्न थालेका छन् । पहिला हाम्रा पुस्ताले उनीहरूको घरमा लिएर बिक्री गर्ने नुन, तेल, चामल लगायतका दैनिक उपभोग्य सामाग्री अहिले गाडीले घरमै पुगाई दिन्छ ।

अहिले हामीलाई व्यवसायको लागि नभई खाली भेडाबाख्रा पालन पोषण गर्न लागि मात्र यी भेडीगोठलाई औल तिर लिने गरेको गुरुङले बताइन् । जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयको भेडापालन पेसालाई पुर्खौली पेसाको रूपमा लिन सकिन्छ । पहिला गाउँमा सडकको पहुँच नहुँदा उनीहरूले यसै भेँडाबाख्राको भरमा गाउँ बस्तीमा नुन, तेल चामल ढुवानी गर्ने गर्थे ।

उनीहरूले भेडामा दैनिक उपभोग्य सामाग्री ढुवानी गरी यहाँका अधिकांश गाउँ बस्तीमा बिक्री गर्ने गर्थे । अहिले यहाँका सबै गाउँ बस्ती सडक सञ्चालनको पहुँचमा भएपछि उनीहरूको त्यो व्यवसाय बिस्तारै सङ्कटमा पर्ने गरेको छ ।

यती मात्र होइन अहिले यहाँका भेडापाकललाई भेडापालन गर्न समेत निकै समस्या हुन थालेको छ । यहाँका गाउँ बस्तीमा रहेका वन जङ्गल सबै अहिले सामुदायिक भएपछि उनीहरूलाई भेडाबाख्रा पालनमा यो सङ्कट आएको हो ।

भेडाबाख्रा चरिचनर नगर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिन्छ । तर यहाँ भएका सबै वन सामुदायिक भएकोले अहिले उनीहरूले बिस्तारै भेडापालन छोड्नु पर्ने अवस्था आएको छ ।

यहाँको हिमाली गाउँपालिकामा १३८ भेडीगोठमा ६ हजार, स्वामिकार्तिकमा ११५ परिवारको भेडीगोठमा आठ हजार, जनगाथना गाउँपालिकाको १२० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडीगोठमा झन्डै बिस हजार भन्दाबढी भेडाबाख्रा रहेको बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताए ।

यहाँका पशु प्राविधिकका अनुसार बाजुरामा ६७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेका छन् । यो भन्दा पहिला यहाँ भेडापालन गर्नेको सङ्ख्या बढी थियो भने यतीबेला कमी आएको छ ।

यहाँका अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँ अभाव भएको कारण पछिल्लो समयमा यहाँ भेडाबाख्रा पाल्नेको सङ्ख्यामा कमी आएको हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बताइन् । गोरखापत्रबाट

  • भेडीगोठ
मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.