धनगढी । प्रहरीले कैलालीबाट रु १० लाख ९१ हजार ८०९ बराबरका भन्सार छली सामान बरामद गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटि गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याएका सामान शनिबार बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकास्थित ट्राफिक चौराह, संचयकोष कार्यालय नजिक र बोराडाँडीबाट अन्दाजी मूल्य रु.१० लाख ५३ हजार ८०९ बराबरको विभिन्न मोबाईलका कभरहरु, किरानाका सामान र मोजाहरु फेला पारेको छ ।
त्यस्तै,गोदावरी नगरपालिका-९ वालुवाटारबाट अन्दाजी मूल्य रु.३८ हजार बराबरको स्पिकर, पम्पको वासर र किराना सामानहरु फेलापारी बरामद गरेको जनाइएको छ । बरामद गरिएका उक्त अवैध सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













