धनगढी । कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका-२ शिक्षा कार्यालय नजिकबाट सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञानु धामी पक्राउ परेका हुन्।
धामीलाई २६० मिलिग्राम लागूऔषधसहित अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













