धनगढी । कैलालीको भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको भजनी नगरपलिका-६ नवलपुर र थपापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५९ हजार ३ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।
उक्त स्थानबाट चिनी, सुपारी, हरियो खुर्सानी, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।














