धनगढी । आगलागीबाट कैलालीमा एक लाख पचाँस हजारको सामान जलेर नष्ट्र भएको छ । शुक्रबार राती कैलालीको कैलारी ५ मा रहेको छोट्कीपलिया को दक्षिण टोल बस्ने रामदास चौधरीको घरमा बिधुत सटभइृ आगलागी हुदा सो सामान जलेर नष्ट भएको हो ।
गोठ भित्र रहेका खद्यान्न, सोलार ब्याट्री लगायतका सामानहरु जलेको प्रहरीले जनाएको छ । मानबिय तथा चौपाया क्षती नभएको, र स्थानिय तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागीका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













