धनगढी । बाजुरामा जातीय तथा अन्य सामाजिक छुवाछूत मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत बाजुराको मिति २०८० मंसिर १३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछूत मुद्दामा ५० हजार जरिवाना तोकिएपछि फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका–७ लामागडा बस्ने ५५ वर्षीय रंगलाल पाध्या पक्राउ परेका हुन् । पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीवार बुढिगंगा नगरपालिका–६ बाम्का बजारबाट पक्राउ गरेको हो ।













