सुर्खेत- सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् । जिल्लाको बराहताल गाउँपालिका–२ गिरीघाट नजिकै आज गुडिरहेको भ्यानबाट खसेर चौकुने गाउँपालिका–३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका–२ की ३ वर्षीया बालिका मनिषा विक घाइते भएका हुन् ।
घाइतेहरुको उपचार जिल्ला अस्पताल सुर्खेतमा भइरहेको छ । आज मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यानको ढोका अकस्मात खुल्दा दुई जना भ्यानबाट खसेका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएछ ।













