धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
मंगलबार प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र वडा नम्बर –१५ उर्मीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ५३ हजार ६८० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।
उक्त मूल्य बराबरको बिडी, सुर्ती, च्याउ, दुध पाउडर, बोरिङ पाईप, नट बोल्ड, किला लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














