मकवानपुर । राक्सिराङ गाउँपालिका-५ चैनपुरबाट लागूऔषध गाँजा करिब २ सय १२ किलोग्राम बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.१० च ७७५८ नम्बरको बोलेरो गाडी छाडी चालक फरार भएपश्चात गाडी तलासी गर्दा प्लाष्टिकले प्याक गरेको २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













