धनगढी । कैलालीका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलीको एक लाख १० हजार ६८३ मुल्य पर्ने सामान पक्राउ गरेको छ ।
बिहिबार साँझ धनगढी २ सिशापोष्ट नजिक, भजनी ६ महादेउली, कैलारी ७ विपदपुर र जोशीपुर ३ लक्कडबाट सो मूल्यका सामान पक्राउ गरेको हो ।
ति स्थानहरुबाट चिनी, गुड, बदाम, चक्लेट, मसला, नरिवल, पास्ता, बिडी, सुर्ती, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।













