काठमाडौं । बाजुरा बुढीनन्दा नगरपालिका(९ अंगपानीस्थित लोकेन्द्र रोकायको घरमा डेरा गरी बस्ने त्रिवेणी नगरपालिका-१ भुकातोला घर भएका शेर बहादुर रावलको कोठामा विद्युत सर्टभई आज आगलागी हुँदा नगद, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर नष्ट
भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
अछाम, कमलबजार नगरपालिका-६ छडेपानि बस्ने भीम बहादुर शाहीको घरमा शनिबार राति आगलागी हुँदा घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनका गरगहना, नगद जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














