काठमाडौं । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ आवारोडस्थित सडकमा लु.६१ प ६९९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भैरहवा बस्ने गुल्मी शान्तिपुर घर भएका ४५ वर्षीय खेम बहादुर गुरूङको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, आदर्शकोतवाल गाउँपालिका-७ कोतवालीस्थित सडकमा बीआर ०५ एई ८०४४ नम्बरको मोटरसाइकल र बिआर ३२ जि ७२७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा बिआर ३२ जि ७२७८ नम्बरको मोटरसाइकलमा सवार सिम्रोनगढ नगरपालिका-२ महुआई टोल बस्ने २२ वर्षीय प्रदिप साह र बीआर ०५ एई ८०४४ नम्बरको मोटरसाइकलमा सवार बारागढी गाउँपालिका-४ सुखीपथरा बस्ने ५१ वर्षीय शिवदयाल प्रसाद साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको एलएस न्युरो अस्पताल परवानिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जना मध्ये २ जनाको सोही अस्पतालमा र १ जनाको राज लक्ष्मी रिलिफ अस्पताल कलैयामा उपचार भइरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१० बिशालचोक नजिक सडकमा ना.६४ प ५९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-१० डेरा गरी बस्ने पर्सा वीरगंज घर भएका २८ वर्षीय श्रीवास्तवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













