धनगढी । कैलालीमा जुवातास खेलिरहेको अबस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसोको समयमा कैलाली, धनगढी
२ बैयाबेहडी स्थित खेतबारीको टहरा भित्र जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद रु.१९,३२५.–, २ गड्डी तास र मोटरसाईकल थान- २ सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।













