अछाम । माटोको ढिस्कोले पुरिएर २ जना महिलाको मृत्यु भएको छ । सोमवार अछामको मंगलसेन ९ ओलीगाउ रातामाटे स्थित माटो खन्ने क्रममा माटोको ढिस्को माथिबाट खस्न गई माटोले पुरिएर ८ सुतडा बस्ने बर्ष २८ की देउरुपा बोहरा र २५ की बिनिता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।













