कंञ्चनपुर । एक नाले भरुवा बन्दुक सहित नर बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राती अस्थायी प्रहरी पोष्ट पहरिया, कञ्चनपुरबाट खटि गएको प्रहरी गस्ति टोलीले , कृष्णपुर १ निगाली बस्ने बर्ष ६२ का बुढालाई एक नाले भरुवा बन्दुक सहित पक्राउ गरेको हो । थान १, केप थान- ६६ र आधा बोतल बारुद पनि नियन्त्रणमा लिएको जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














