धनगढी । गृहमन्त्री रमेश लेखकले कैलालीस्थित प्रादेशिक आपतकालीन गोदामघर हस्तान्त्रण गरेका छन् । उनले धनगढी उपमहानगरपालिका–१३ धनगढी विमानस्थमा रहेको आपतकालीन गोदामघर आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेका हुन् ।
आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, “सात प्रदेश मध्ये ६ प्रदेशको आपतकालिन गोदामघर रहेको तर केही आवश्यक सामाग्री झिक्न प्राधिकरण अनुमति चाहिने भएकाले प्रदेश सरकारलाई नै हस्तान्तरण गरिएको हो ।”
काठमाडौंमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रिय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने र विदेशबाट समेत सामाग्री मगाउनुपर्ने, बैदेशिक सहयोग तथा खरिद गरेर प्रदेशका आपतकालीन गोदामघरलाई वितरण गरिने समेत उनले बताए ।
उनले कार्यविधिसँगै आवश्यक मापदण्ड बनाएर प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालीन गोदामघरको रेखदेख प्रदेश सरकारले गर्नुपर्ने र विपद्को समयमा सुरक्षा निकायलाई प्रदेश सरकारसँग समन्वयमा काम गर्न निर्देशन समेत निर्देशन दिए । त्यसैगरी, प्रदेशमा रहेका आपतकालीन गोदामघरमा विपद्को समयमा आवश्यक पर्ने त्रिपाल, कम्बल सँगै खाद्यान्न औषधीलगायतका सामाग्री उपलब्ध हुने समेत गृहमन्त्री लेखकले बताए ।














