धनगढी । दार्चुलाको एक घरमा आगलागी हुँदा रु आठ लाखको क्षति भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–४ काँडापारी बस्ने धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको आगोबाट बुधबार आगलागी भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खद्यान्न, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी रु आठ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।













