धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले होलीले सबै नेपालीबीच आपसी प्रेम बन्धुत्व र एकताको भावना बढाएर नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने बताएका छन् ।
फागुपूर्णिमा (होली)को अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख मियाँले यस्ता पर्वले आपसी सद्भाव र एकतालाई बलियो बनाउने बताए। प्रदेश प्रमुख मियाँले यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण,सम्वर्द्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुराउनका साथै एक आपसमा आपसी प्रेम सद्भाव र आत्मियता अभिवृद्धि गर्दै जाने अपेक्षा गरेको छु’ प्रदेश प्रमुखले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
सांस्कृतिक विविधताले भरिएको मुलुकमा असत्यमाथि सत्यको अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुशीयालीमा फागुपूर्णिमा मनाइने गरेको उल्लेख गर्दै उनले एक आपसमा रिसराग परित्याग गरि प्रेमभाव र आत्मीयताका साथ खुशी एवं हर्षोल्लासपूर्वक आफन्त र साथीहरूसँग अबीर तथा रङ दलेर होली मनाउनु पर्ने बताएका छन् ।













