धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१९ खेदाघाट र कैलारी गाउँपालिका–६ खरेट्टीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख ८८ हजार २ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका थान कपडा, कुर्ती, कुर्ता, ब्लाउज, पेटिकोट, लेहेङ्गा, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













