धनगढी । कैलालीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका हुन् ।
सिलिन्डर पड्किदा खड्कासहित ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।













