काठमाडौं । कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ अत्तरियापट्टी बस्ने भारती टमटाको गोठमा आइतबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-७ थापा टोल बस्ने नारायण राज मल्लको गोठमा शनिबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खोटाङ, जन्तेढुङ्गा गाउँपालिका-३ सालम्बु बुसुपाल बस्ने ४३ वर्षीय द्रत राईको घरमा आइतबार बिहान आगलागी हुँदा घर, घर भित्र रहेका अन्नपात, भाँडावर्तन लगायतका समानहरू पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













