धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ बेलीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु २६ हजार ३ सय बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका बिडी, सुर्ती, पानिपुरी लगायतका सामान प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीगस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














