धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन् ।मुख्यमन्त्री शाहले सोमबार बमलाई सल्लाहकारमा नियुक्त गरेका हुन् ।
कैलालीको लम्कीका बम २०६२ सालदेखि पत्रकारितामा आबद्व रहेका छन् । धनगढीको सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिकलगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । उनले राजनीतिशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको अध्ययनका साथै कानुन संकायमा पनि स्नातक गरेका छन् ।













