धनगढी । दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका–१ छापरी बस्ने ४६ वर्षीया जानकी कार्की रहेको प्रहरीले जनाएको छ ।
कार्कीले सोही ठाउँमा सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १३६ ग्राम चरेश फेला पारी पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । चरेशसहित उनलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।













