धनगढी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा ४ क्याम्पसमा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी भएको छ ।
जनता बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विकास खड्का प्यानलसहित, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पसमा मोहन जैसी, दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसमा सुवास नेगी प्यानलसहित र कञ्चन बहुमुखी क्याम्पसमा सुनिल ऐर जितेका छन्।
यस्तै, बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित र बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित भएका छन्।














