काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारस्थित आयुष्मा मोटर वोड कम्पनी प्रालिमा काम गर्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ बस्ने ५५ वर्षीय कुल पौडेलको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।
बत्ति बाल्नको लागि तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-४ कुस्मा बस्ने ३२ वर्षीय जित बहादुर थारूको करेन्ट लागेर शुक्रबार बेलुकी मृत्यु भएको छ । आफ्नो घरमा विद्युतको लाईन नआएपछि विद्युतको तार चेक गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













