कञ्चनपुर । ट्याक्टरको पछाडी स्कुटी ठोक्कीदा प्रेम गिरीको मृत्यु भएको छ । भिमदत्त ११ बरेली टोलमा स्कुटी ठोक्कीदा सोही ठाउ बस्ने सवार ४० बर्षका गिरीको मृत्यु भएको हो ।
कञ्चनपुर, भिमदत्त ११ बरेली टोल स्थित भित्री सडक खण्डमा म १ त १०२० नम्बरको ट्याक्टरमा एउटै दिशा तर्फ जादै गरेको सु.प.प्र.०२-००३ प ६७३२ नम्बरको स्कुटी आफै ट्याक्टरको पछाडी ठोक्किएको थियो ।
उनलाई घाइते भई मायामेट्रो अस्पताल घनगढी हुँदै भारतको भोजीपुरा रिफर गरीएकोमा शनिबार साँझ महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, प्रहरीले जनाएको छ ।
स्कुटी चालक भुजेला बस्ने बर्ष ४२ को सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।














