दैलेख । दुल्लु नगरपालिका-६ बस्ने २१ वर्षीय गगन बहादुर खड्काको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ । घर नजिकै गोठमा भैंसी सार्ने क्रममा चट्याङ लागेर बेहोस भएका उनको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













