धनगढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने भएका छन् । धनगढीमा यहि चैत्र १७ र १८ गते सो अधिबेशन शुरु हुने एकीकृत समाजवादीका उपाध्यक्ष भानुभक्त जोशीले जानकारी दिए ।
अधिबेशनको आबश्यक तयारी १० वटा उपसमितीले गर्न थालेको छ भने भब्य रुपमा सम्पन्न गर्न प्रदेश अध्यक्ष हर्कबहादुर सिंहको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको उनले वताए । अधिवेशनमा ९ वटै जिल्ला, प्रदेश जनसंगठन र आयोजक समिति गरी ५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने उनको भनाइृ छ । ।
उपाध्यक्ष भानुभक्त जोशीका अनुसार अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबै तहका पार्टी कार्यकर्ता तीव्र गतिमा तयारीमा जुटेका छन्। यस अधिवेशनले सुदूरपश्चिममा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय देसमा देखापरेको परिदृश्य लाई समेत यो अधिवेशनले मुल्याङकन हुने उनले उपेक्षा गरेका छन् । जोशीले दुई तिहाईको सरकारले जन अपेक्षा अनुसार काम नगर्दो सरकारप्रति जनगुनासो बढेको बताए । सरकारले शुसासन र रोजगारीका क्षेत्रमा काम गर्ने नसक्दा युवाहरुमा निरासा बढेको बताए ।














