धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले आगामी बजेटमा प्रदेश सरकारले अबको बजेटमा बिपदलाइ प्राथमिकता दिने बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय एवम् मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको आयोजनामा आज धनगढीमा भएको बिपद सम्वन्धि कार्यक्रममा उनले यस्तो बताए ।
मन्त्री सार्कीले विभिन्न दातृ निकायसँग समन्वय गरेर विपद व्यवस्थापनका लागि बढी बजेट छुट्टयाउने उल्लेख गरे ।














