डोटी । डोटीमा जिपको ढलाबाट खसी ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको छ । डोटीको, दिपायल सिलगढी १ तिखा स्थित भित्री सडक खण्डमा दिपायलबाट आदर्श गाउपालिका तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४११८ नम्बरको बोलेरो जिप पछाडी सवार २ कुचेडा बस्ने
३४ का बोहराको मृत्यु भएको हो ।
उनी जिपका साहु पनि रहेको प्रहरी ले जनाएको छ । जीप पछाडी ढालामा बसेको अवस्थामा जिपबाट सडकमा खसी घाईते अबस्थामा उपचारको लागी शैलेश्वरी अस्पताल दिपायल, डोटी लगिएकोमा सोमबार साझनै उपचारको क्रममा उनको मृत्यु भएको, हो ।
जिप र जिप चालक जिल्ला डोटी, आदर्श ३ नुवाकोट बस्ने वर्ष २३ को विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।













