धनगढी । कैलालीका केही स्थानबाट मुल्य रु ६ लाख २८ हजार २५० को भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीका्े धनगढी ३ मिलनचोक १९ तल्लीपुर,टीकापुर ८ सत्तिपुल नजिक र कैलारी गा.पा. २ कैलारीगाँउबाट सो मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
पेय पदार्थ, कुर्ती, ट्याक्टर र सकुटीमा प्रयोग हुने इलोक्टोनिक तथा रिपेरिङका पाटपुर्जाहरु, चार्जिङ बोर्ड, मोबाईल डिस्प्ले, बिजुलीका बिभिन्न सामानहरु, बोईलर कुखुरा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













