धनगढी । अवरुद्ध रहेको संसद सुचारु गर्न बसेको सुदुरपश्चिम प्रदेशको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बिहिबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक पुनः अर्को बैठक बस्ने गरी बिना निष्कर्ष टुंगिएको हो ।
प्रतिपक्ष दलहरु सहमतिको नजिक भएकोले छिट्टै संसद सुचारु हुने जनाइएको छ । फजुल खर्च कटौती, राजनीतिक नियुक्ति, सुशासन लगायतको विषय अगाडि सारेर प्रतिपक्षी दलले प्रदेश सभामा अवरोध गर्दै आएका छन् ।













