धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्व.वि.यु निर्वाचन नजिकिएसंगै विभिन्न बिद्यार्थी संगठनहरुले ब्यानर र पम्पलेटले क्याम्पसको गेटलाइ रंगिन बनाएका छन् । ने.वि.संघ, अनेरास्ववियु, अखिल क्रान्तीकारी, अनेरास्ववियु अखिल समाजबादी र स्वतन्त्र बिद्यार्थी एकता समुहका उम्मेदवारहरुले आ–आफनो प्रचारका लागी क्याम्पस गेटमा ब्यानर र पम्पलेटले रंगिन बनाएका हुन् । उम्मेदवारहरु आफ्नो पक्षमा मत पार्नका लागि चुनाबी प्रचार प्रसारमा रहेका छन् ।















