धनगढी । सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाउने गरिन्छ । हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वसंगै नयाँ बर्षको रूपमा मनाउने गर्दछन् । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ ।
बिसु पर्व संगै नयाँ बर्ष मनाउनका लागि घर बाहिर रहेकाहरू फर्कने चलन छ । बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ ।
वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै रोग लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ । देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुका बिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ । विभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जङ्गली जनावरहरूको जस्तै अभिनय गर्ने र देउडा नाच्ने चलन पनि छ ।
सिस्नो पानी छ्याप्दै बिसु पर्व
सिस्नो पानी छ्याप्दै बिसु पर्व
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













