धनगढी । सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका मृगौला पीडित ६३ वर्षीय चक्रबहादुर सिंहको मृत्यु भएको छ ।
मंगलबार दिउँसो अस्पतालको छतबाट हाम फालेका गोदावरी नगरपालिका १ का सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको
छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले सिंहको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको बताए ।
मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए ।
सोमबार अस्पताल भर्ना भएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए ।
उनकि श्रीमती ईश्वरीदेवी सिंह कुरूवा बसेकी थिइन् । श्रीमती निदाएका बेला सिंह छतमाथि उक्लिएका थिए ।
प्रहरीले उनलाई छतमा चढेको देखेर वार्ड फर्किन आग्रह गरेको थियो तर हेर्दाहेर्दै उनले हाम फालेका थिए ।













