धनगढी । जिल्ला प्रहरी कार्यालय अछाममा आर्थिक बर्ष २०७८।०७९ देखि चालु अर्थिक बर्षको हालसम्ममा ४ सय ८२ अपराधिक मद्धा दर्ता भएका छन् ।
जसमध्ये ३ सय ९० मुद्धा फछ्र्यौट भईसेकाका छन् भने ९२ मुद्धा अझै फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
आर्थिक बर्ष २०७८।०७९ मा १४३ मुद्धा दर्ता भएकोमा १३६ मुद्धा फछ्र्यौट हुँदा ७ मुद्धा भने बाँकी रहेको उनले बताए । २०७९।०८० मा १२६ मुद्धा दर्ता भएकोमा ११६ मुद्धा फछ्र्यौट र १० वटा फछ्र्यौट हुन बाँकी रहेको र २०८०।०८१ मा १२१ मुद्धा दर्ता भएकोमा ८४ फछ्र्यौट भएको तथा ३७ वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेको उनले बताए ।
चालु आवको ९२ मुद्धा दर्ता भएकोमा ५४ मुद्धा फछ्र्यौट भएको र अझै ३८ मुद्धा फछ्र्यौट हुन बाँकी रहेको उनको भनाइ छ । चालु आर्थिक बर्षमा कर्तव्य ज्यान, आत्महत्या दुरुत्साहन, अभद्र व्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, झुण्डी आत्महत्या, अंगभंग सम्बन्धी कसुर, जबरजस्ती करणी, करणी उद्योग,नकबजनी चोरी,जुवा,ज्यानमार्ने उद्योग,ठगी सम्बन्धी,फुटकर ज्यान, भवितव्य ज्यान सम्बन्धिका मुद्धा दर्ता भएको उनले जानकारी दिए ।
उनका अनुसार बैकिङ कसुर, लागुऔषध, बहुबिबाह,सवारी ज्यान साइबर सम्वन्धि कसुर,हातहतियार खरखजाना,जातीय छुवाछूत तथा भेदभाव र अपमानजनक वा अमानवीय व्यवहार,मानव बेचबिखन तथा ओसारपसार,शरीर बन्धक,जबरजस्ती करणी जस्ता मुद्धा दर्ता भएका छन् ।
चालु आवमा विभिन्न मुद्धामा फरार प्रतिवादीमध्ये १६ जनालाई पक्राउ गरि अदालत पेस गरि ६ वर्ष ८ महिना २७ दिन कैद र रु १४ लाख ९८ हजार चार सय ७८ जरिवाना असुल उपर गर्न सहयोग पु¥याएको उनले बताए ।
त्यस्तै, चालु आवमा समुदाय प्रहरी साझेदारी अन्तरगत लागुऔषध नियन्त्रण,आत्महत्या न्युनिकरण, वन डढेलो सचेतना, सवारी दुर्घटना न्युनिकरण,छाउपडी गोठमुक्त अभियान लगायतका ५२५ वटा कार्यक्रम सम्पन्न गरि १३ हजार १५५ जना सर्वसाधारण लाभान्वित भएको उनले बताए ।
आत्महत्या न्युनिकरण सम्बन्धि १०३ वटा तथा लागुऔषध न्यनिकरण सम्बन्धी ११२ सञ्जाल समिति गठन गरि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।














