बारा । कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा ३ वर्षीय युवान तामाङको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













