बझाङ । बझाङको एक गारमेन्ट उधोगमा आगलागी हुँदा उधोग भित्र रहेका सबै सामान जलेर नष्ट भएको छ ।
बझाङको केदारस्यु ४ बागथला स्थित बजारमा बस्ने पुष्पराज भट्टले संचालन गरेको जस्तापाताले बनाएको एक तले तिन कोठेकच्ची “होनैनाथ गारमेन्ट उद्योगमा” बिद्युतको तार सट भई आगलागी हुँदा गारमेन्ट भित्र रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
क्षतिको विवरण आउन वाँकि रहेको, र मानबिय तथा पशु चौपायको भने क्षेती भएको छैन । आँगो स्थानिय रप्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।














