धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले निशेषाज्ञा यथावत राखेको छ । यसअघि जारी गरिएको आदेशलाई परिमार्जन गरी निषेधाज्ञा यथावत राखिएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर लागूहुने गरि शनिबार परिमार्जनसहित निषेधाज्ञा सम्बन्धी आदेश जारी गरेका छन् ।
जारी आदेशअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकाय कार्यालय र परिसर, अत्यावश्यक वस्तु सेवा आपूर्तिका स्थलहरु, मठ,मन्दिर तथा मुख्य बजार केन्द्रहरुमा निषेधाज्ञा लागूहुने उल्लेख गरिएको छ ।
निषेधित क्षेत्रमा कुुनै प्रकारको हुलदंगा, अशान्ति हुनगरि हातहतियार, घरेलु हतियार, लाठी जस्ता सामाग्री लिएर विरोध र्याली, सभा तथा जुलुस गर्न नपाउने ,कुनै व्यक्ति वा राजनैतिक दलका पार्टी कार्यालयमा क्षति पुग्ने गतिविधि गर्न नपाउने, आम सर्वसाधारणको आवतजावतलाई अवरोध नगर्ने, जुलुस तथा सभामा बालबालिका प्रयोग गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ ।














