धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त पार्टी छोडेको घोषणा गरेका हुन् ।
अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने उनले घोषणा गरेका छन् । पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो ।
चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन् । छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृतमा जानकारी सार्वजनिक गर्ने उनले बताएका छन् ।













