काठमाडौं । नवनियुक्त उर्जा,जलस्रो तथा सिचाईमन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् ।
आज पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका हुन् ।
कुलमान प्राधिकरणको कार्यकारी निर्देशक रहँदा तत्कालीन सरकारले बक्यौता रकम उठाउन दिएको थिएन । आज आएर उनले पहिलो निर्णय नै बक्यौता उठाउने गरेका छन् ।















