धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएका कार्यालयको अनुगमन गरेका छन् ।
आज धनगढीस्थित सरकारी कार्यालयका भौतिक संरचनाको अनुगमन गरेका हुन् । उनले मन्त्रालयहरु,प्रदेशसभा भवन तथा विभिन्न अन्य सरकारी कार्यालयमा अनुगमन समेत गरेका छन् ।
अनुगमनका क्रममा कम क्षति भएका कार्यालयमा सरसफाई तथा मर्मत गरेर कामकाज सुरु गर्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् ।
जेनजी प्रदर्शनका क्रममा यहाँका अधिकांश सरकारी कार्यालयमा क्षति पुगेको छ ।
तस्बिरहरु














