काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।
उनले आज पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा पनि गरेका छन् ।
आगजनीबाट कार्यालयमा रहेको पुस्तकालय भने बचेको छ । साथै कार्यालयका कम्प्युटर समेत सुरक्षित रहेको बताइएको छ ।













