धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले आजबाट निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भदौ २८ गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा हटाएका हुन् ।
जारी गरेको आदेशमा भनिएको छ ‘ स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मिति २०८२।०५।२८ गतेदेखि लागु हुने गरी जिल्लाका विभिन्न स्थानमा कैलालीका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा हाललाई हटाईएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’
जेनजी आन्दोलनपछि उत्पन्न असहज परिस्थितिका कारण निषेधाज्ञा जारी गरेको थियो । अहिले भने जनजीवन सामान्य बन्दै गएको छ ।














