धनगढी । कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।
कैलालीको घोडघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ८४५४ नम्बरको बस र बिपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपापालिका–४ भलकुडाका ३१ वर्षीय दर्शनसिंह भाटको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका भाटलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । बस र बस चालक जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मरसिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













