धनगढी । स्वाभिमानी समूह धनगढीले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।
स्वाभिमानी समूहले शनिबार धनगढीको पार्कमोडमा दीप प्रज्वलन गरेको हो ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको त्याग र बलिदानको निमित्त दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरिएको स्वाभिमानी समूहका संयोजक दीपक मल्लले बताए ।
भ्रष्टाचार र बेथितिको विरुद्धमा भदौ २३ र २४ गते जेनजी समूहले गरेको आन्दोलनमा राज्यले गरेको दमनका कारण उनीहरुले ज्यान गुमाउन पुगेको उनले बताए ।
















