धनगढी । मालिकार्जुन कंक्रिट उद्योग धनगढीले कैलारी गाउँपालिकालाई दुई सेट टेबुल र रिबल्विङ कुर्सी सहयोग गरेको छ ।
गत भदौ २४ गते जेन–जी आन्दोलनकारीहरु सार्वजनिक सम्पति गाउँपालिकाका प्रशासनिक भवनभित्र रहेका सबै समान निकालेर आगजनी गरेपछि सेवा प्रदान गर्न असहजता भएको बेला मालिकार्जुन कंक्रिट उद्योग धनगढीले आइतबार कैलारी गाउँपालिकालाई दुई सेट टेबुल र रिबल्विङ कुर्सी सहयोग गरेको हो ।
मालिकार्जुन कंक्रिट उद्योगका प्रतिनिधिहरुले कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, वडा नं २ का वडाध्यक्ष विकास चौधरी र वडा नं ८ का वडा अध्यक्ष तारामल कठरियालगायतको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
आन्दोलनकारीहरुले कैलारी गाउँपालिकाका मुख्य शाखाका समान तोडफोडसँगै आगजनी गरेका थिए । भने वडा कार्यालय भवनमा आगजनी गरि ध्वस्त पारेका छन ।
आगजनीबाट वडा कार्यालयका प्रशासनिक भवन जलेर ध्वस्त भएपछि वडा कार्यालयबाट प्रदान गरिने सेवा गाउँपालिकाबाट दिन सुरु गरिएको छ ।













