काठमाडौं । सुनसरी, बराहक्षेत्र नगरपालिका(१ नडाहा चतरा जंगलस्थित सडकमा झण्डा चोकबाट नडाहातर्फ जाँदै गरेको प्रदेश १-०२-०४६ प ४३३४ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ कालाबन्जार बस्ने ३५ वर्षीय कमल पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।
लमजुङ, राइनास नगरपालिका-३ नौबिसेस्थित सडकमा टिमुरेबाट सातबिसेतर्फ आउँदै गरेको ग.२४ प १६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ टिमुरे बस्ने २३ वर्षीय समिर ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको सहोदर अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
ओखलढुङ्गा, मानेभन्ज्याङ गाउँपालिका-४ केत्तुकेस्थित सडकमा बा.५ ख ८२२९ नम्बरको बस र प्र.१-०७-००१ प ०६७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिद्धिचरण नगरपालिका-११ बस्ने २१
वर्षीय बिनोद कटवालको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस
चालकलाई नियन्त्रणमा लिएको छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-३ मालपोत चोकस्थित सडकमा बा.प्र.०१- ०२५ च ६०७४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-७ जितपुर शान्तिटोल बस्ने ७१ वर्षीया प्यारी साहको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर
घाइते भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
सवारी दुर्घटनामा चार जनाको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














